कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

डिसी नेपाल
२२ वैशाख २०८१ १६:५७

काठमाडौं। नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी–२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन्।

कप्तान रोहितले यस सिरिजमा सर्वाधिक २६५ रन बनाएका थिए। जसमा एक शतक र २ अर्धशतक सामेल छन्।

त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन्।

५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३–२ ले जितेको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *