तीजकाे अवसरमा विभिन्न शिवालयहरूमा भक्तजनकाे घुइँचाे (फाेटाेफिचर)

डिसी नेपाल
२४ भदौ २०७८ १२:३२

काठमाडाैं ।  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।

काठमाडाैंमा रहेकाे पशुपतिनाथकाे मन्दिर लगायत देशभरका शिवालयहरूमा भक्तजनले पूजाआजा गरी तीज मनाउने गरे पनि काेराेनाका कारण मन्दिर भने खुलेका छैनन्।

काेराेनाकाे प्रभाव कायम रहेकाे भन्दै सरकारले तीज मनाउनका लागि मापदण्ड अपनाउन आग्रह गरेकाे छ। काठमाडाैंकाे पशुपतिनाथकाे मन्दिर बन्द रहे पनि भक्तजनकाे घुइँचाे देखिन्छ।

 

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ। वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन्।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन्।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका (तीज)को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुई शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *