सप्तरीमा भएकाे दुर्घटनामा दुईको मृत्यु

डिसी नेपाल
२५ भदौ २०७८ ७:३४

राजविराज । सप्तरीमा गए राति भएका छुट्टाछुट्टै घटनामा परी दुई व्यक्तिको मृत्यु भएको छ। राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस नजिक मिलनचोकमा ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार विष्णुपुर गाउँपालिका–५ कट्टीका ५५ वर्षीय लेल्है खंगके मृत्यु भएको प्रहरीले जनाएको छ।

को७प ४४१० नंको मोटरसाइकलमा राजविराजबाट विष्णुपुर घरतर्फ जाने क्रममा विपरीत दिशाबाट आउँदै गरेको स१त २८७८ नंको ट्र्याक्टरले मिलनचोकमा ठक्कर दिएको थियो। खंगको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रयाक्टर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै तिलाठी कोइलाडी गाउँपालिका–३ सखरपुरामा करेन्ट लागेर एक बालकको ज्यान गएको छ। स्थानीयवासी विनोद ठाकुरका ११ वर्षीय छोरा चन्दनको करेन्ट लागेर मुत्यु भएको प्रहरीले जनाएको छ। घरमा एक्लै भएको अवस्थामा डिसहोमको रिसिभरलाई सफा गर्ने क्रममा करेन्ट लाग्दा उनको घटनास्थालमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *