अंशबन्डा विवादमा भाइले गरे दाजुको हत्या

डिसी नेपाल
२५ भदौ २०७८ १९:४०
64
Shares

काठमाडौं । ओखलढुंगामा दाजुको हत्या आरोपमा भाइ र भतिज पक्राउ परेका छन्। ओखलढुंगास्थित खिजिदेम्बा गाउँपालिका–५ ढाडखर्कका ६८ वर्षीय मित्रबहादुर तामाङको शुक्रबार दिउँसो धारिलो हतियार प्रहारले हत्या भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा उनका आफ्नै भाइ ६७ वर्षीय शेरबहादुर तामाङ र शेरबहादुरका छोरा ३६ वर्षीय वीरबहादुर तामाङ पक्राउ परेका छन्। शुक्रबार दिउँसो साढे १२ बजे तामाङको हत्या भएको इलाका प्रहरी कार्यालय खिजिफलाटेले जनाएको छ। दुबै जनालाई हत्यामा प्रयोग भएको खुकुरी र दाउसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।

अंशबण्डाको विषयमा विवाद हुँदा धारिलो हतियार खुकुरी र दाउले टाउकोमा प्रहार गर्दा मित्रबहादुर तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो।
अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली घटनास्थल गएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *