युवा संघको टर्च र्याली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन युवा संघले ‘सरकार खोज्ने’ भन्दै गरेको टर्च र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ।
युवा संघको बाग्मती प्रदेश कमिटीको आयोजनामा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर जयसिह धामीको मृत्यु भएको घटना, अफगानिस्थानमा नेपाली अलपत्र परेको, नेपाली आकासमा विदेशी हेलिकप्टर घुमेको, एमसिसीलगायतको विरोधमा शुक्रबार बेलुकी प्रदर्शन गरेको हो।
प्रदर्शनका क्रममा आन्दोलनकारीले प्रहरीमाथि इट्टासमेत प्रहार गरेका थिए।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment