‘पशुपतिको जलहरीमा अनियमितता भएको छैन’
काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा करिब ११ केजी सुन घोटाला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवसहित बहालवाला तथा पूर्वपदाधिकारीसँग बयान लिएको छ ।
तर, पशुपतिनाथको शिव लिंगमा राखिएको सुनको जलहरीमा कुनै अनियमिता नभएको पशुपति विकास कोषले जनाएको छ । नेपाल सरकार तथा कोषको लागतमा स्थापना गरिएको जलहरी कोषका पदाधिकारी, मूलभट्ट, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको विशेष निगरानीमा सीसी क्यामेराहरुको समेत प्रयोग गरी जलहरी निर्माण तथा स्थापना गरिएको प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।
कोषका कार्यकारी निर्देशक डा।घनश्याम खतिवडाद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यसरी सम्पन्न गरिएको उक्त कार्यमा कुनै पनि किसिमको अनियमितता नभएको कुरा स्पष्ट पार्न चाहन्छौँ ।’
विज्ञप्तिमा जलहरीलगायत विविध विषयलाई लिएर पशुपति क्षेत्र विकास कोष तथा सम्बन्धित पदाधिकारीहरूको व्यक्तिगत मान मर्यादामा समेत आँच पुग्ने किसिमको तथ्यहीन, भ्रमपूर्ण र कपोलकल्पित समाचार विभिन्न सञ्चार माध्यमबाट प्रसारण तथा प्रकाशन गरेको प्रति कोषको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment