‘वेडिङ फोटोशुट’का क्रममा १९०० फिट उचाइमा बेहुलीले श्रीमानको हात छोडेपछि…

डिसी नेपाल
२६ भदौ २०७८ १५:४७

काठमाडौं। साहसिक कुराहरु मन पराउने एक नवविवाहित दम्पतीले आफ्नो वैवाहिक फोटोसुटका लागि भीरको टुप्पामा पोज दिएका छन् । कोभिड–१९ का कारण आफ्नो विवाह भव्य बनाउन नपाएपछि उनीहरुले यो साहसिक तरिका रोजेका हुन् । अमेरिकाको अर्कन्सास राज्यको माउन्टेन होमका ३० वर्षका र्यान र २८ वर्षकी स्काइ मायर्सले आफनो विवाह कार्यक्रम भव्य बनाउन चाहेका थिए तर कोरोनाभाइरस प्रतिबन्धका कारण योजना बदल्नुपरेको थियो ।

आफ्नो योजना परिवर्तन गर्नु परेपछि यी साहसी जोडीले आफ्नो विवाहको खुसीयाली हक्सबिल क्रागमा साहसिक फोटोसुट गरेर मनाउने निर्णय गरे । यो भीर उनीहरुको गृहराज्यमा ह्वाइटेकर प्वाइन्ट ट्रेकिङ रुटमा पर्छ । फोटोसुटका क्रममा भीरको छेउमा श्रीमानको हात समाएर त्यसैको सहारामा उभिएकी स्काइले अचानक श्रीमानको हात छोडेको पल पनि क्यामेरामा कैद भएको छ । यद्यपि अर्को एउटा फोटोमा उनले सेफ्टी रोप लगाएको खुलासा हुन्छ ।

द सनका अनुसार यी दुईका फोटोहरु फोटोग्राफर मेसन गार्डनरले खिचेका हुन् । र्यानका अनुसार उनीहरु ४ वर्षभन्दा धेरै समयदेखि साथमा थिए । गएको जूनमा मात्र उनले अब आफू स्काइसँग बिहे गर्नको लागि अझै लामो समय प्रतिक्षा गर्न नसक्ने कुरा स्काइलाई बताएका थिए । उनीहरु भव्य बिहे चाहन्थे तर स्काइले नर्सिङको पढाइ सुरु गरेकोले उनीहरुसँग समय थिएन । त्यसमाथि कोरोनाभाइरस प्रतिबन्धका कारण उनीहरुले यो तरिका सोचेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *