किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा ३ पक्राउ
काठमाडौं । दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
No ads found for this position
प्रतिक्रिया

Facebook Comment