नेकपा (एस) को पाल्पा अध्यक्षमा खीमानन्द पाण्डे चयन

डिसी नेपाल
२६ भदौ २०७८ १८:१९

काठमाडौं । कपा (एकीकृत समाजवादी)को पाल्पा जिल्ला अध्यक्षमा खीमानन्द पाण्डे चयन भएका छन् ।

शनिवार भएको जिल्ला भेलाले उपाध्यक्षमा रमा घर्ती, सचिवमा मोहनलाल गैरे, उपसचिवमा कमल सेन चयन गरेको हो । नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधरहरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनि पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।

त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा भएको जिल्ला भेलाले पाण्डेको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी विस्तार गरेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *