भरतमणीलाई भोट गर्न पौडेल वंशकै अपिल

डिसी नेपाल
२६ भदौ २०७८ २२:०९

काठमाण्डौं । कमेडी च्याम्पियन सिजन २ का फाइनलिष्ट भरतमणी पौडेल जिताउ अभियान गरिरहेको पौडेल वंश महासंघ नेपाल जिल्ला कार्य समिति ललितपुरले आज भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

भरतमणी अब्बल क्षमता भएको र साथै पौडेल वंशको नै उच्च मान भएकोले उनलाई जिताउन सबै एक भएर लाग्नु पर्ने पौडेल वंश संघका केन्द्रीय सदस्य अग्नि पौडेलले बताए । यस्तै उनलाई जिताउन सम्पूर्ण मेचीदेखि महाकाली सम्मका पौडेलहरु एक भएर लागेको पनि बताए । वाग्मती प्रदेशका प्रदेश सभा सदस्य माधव पौडेलले पनि भरतमणीलाई उपाधि दिलाउनमा सबैको साथको आवश्यक भएकोले सबै मिलेर उनलाई जिताउनमा सहयोग गर्न अपिल गरे ।

भरतमणि कमेडी च्याम्पियनका सर्वाधिक प्रफमर अफ डेको उपाधिबाट सम्मानित हुने प्रतिस्पर्धी पनि हुन् । उनी सँगै भारत सिक्किमका बिक्की अग्रवाल र गोरखाका सन्तोष थापा उत्कृष्ट ३ मा छन् । अब भोटका आधारमा २ असोजमा कमेडी च्याम्पियन छानिने छ ।

कमेडी च्याम्पियन सिजन २ को सुरुवातदेखि नै भरतमणि निकै चर्चामा आएका छन् । पारस शाहको हाउभाउ, बोलीलाई दुरुस्तै उतारेपछि भरतमणीको अहिले चौतर्फी प्रशंसा पनि भैरहेको छ ।

एमाले नेता गोकुल बास्कोटाको क्यारिकेचर दुरुस्तै गरेर चर्चामा आएका भरतमणिले शनिबार राति पूर्वयुवराज पारस शाहको गेटअपमा आफ्नो प्रस्तुति दिएका थिए । जसलाई धेरैले मन पराएका छन् ।

‘कमेडी च्याम्पियन २’को फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी हुन्, भरतमणी पौडेल । ताप्लेजुङका भरतमणीले यो शोमा ७ पटकसम्म ‘पर्फमर अफ दि विक’को उपाधि समेत पाइसकेका छन् । उनले, प्रस्तुत गरेका थुप्रै बिषयलाई दर्शकले अत्याधिक रुचाए ।भरतमणिले पूर्वराजा ज्ञानेन्द्र शाह, लोसपा नेता राजेन्द्र महतोको क्यारिकेचर पनि हुबहु गर्ने गरेका छन् । खासगरी उनले घरबेटीको प्रसंग आफ्ना प्रस्तुतिमा दिँदा दर्शकले निकै मन पराएका छन् ।

यता पारस शाह बन्नका लागि भरतमणीले डेढ बर्ष अगाडि नै सोच बनाएका थिए त्यो सोचको इच्छा कमेडी च्याम्पियनको स्टेजले बनाइदियो र त्यो पाएपछि मौका गुमाउन उनले चाहेनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *