इजरायल रोजगारीः भाषा परीक्षा १ बजेदेखि हुँदै, रिजल्ट दुई दिनभित्रै निकाल्ने

डिसी नेपाल
२८ भदौ २०७८ ७:३५

काठमाडौं । रोजगारीका लागि इजरायल जान सञ्चालन गरिने अंग्रेजी भाषाको परीक्षा आज(सोमबार) हुने भएको छ । इजरायलमा दीर्घकालीन सेवा केन्द्रमा रोजगारीका लागि गरिने अंग्रेजी भाषाको परीक्षा वैदेशिक रोजगार विभागले तोकेको आज(भदौ २८ गते दिउँसो १ बजेदेखि)को मितिमै हुने भएको हो ।

विभागले उक्त परीक्षा स्वास्थ्य मापदण्ड पालना गर्दै भौतिक उपस्थितिमा स्वतन्त्र, निष्पक्ष र मर्यादित ढंगले संचालन हुने जनाएको छ । र, यसको रिजल्ट(परीक्षाफल) २ दिनभित्रै निकालिसक्ने बताइएको छ ।

आकर्षक श्रम गन्तव्यका रूपमा हेरिएको इजरायलको परीक्षाका लागि ९ हजार ६ सय ९९ जनाको आवेदन परेको थियो । त्यसमध्ये रुजु गर्दा ७ हजार ९ जना परीक्षामा सामेल हुँदै छन् । अन्यको आवेदन अस्वीकृत भएको विभागका निर्देशक तथा इजरायल शाखाका प्रमुख डम्बरबहादुर सुनुवारले बताइसकेका छन् ।

७ हजार ९ जनामध्येबाट पनि १६ सय जनालाई रोस्टरमा पठाइने छ भने त्यसमध्येबाट पनि मौखिकबाट छनौट गरी १४ सय जनाको रिजल्र्ट विभागले इजरायल पठाउने छ । र, इजरायलले लिखित र मौखिक परीक्षामा पास भएका तिनै १४ सय जनाबाट उत्कृष्ट १ हजार जनालाई छनौट गर्ने छ । त्यसमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष हुने छन् ।

विभागका अनुसार आजको लिखित परीक्षा पास गरेपछि विभागले मौखिक गर्छ । अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ ।

परीक्षा काठमाडौंका विभिन्न विद्यालय तथा कलेजहरुमा हुने भएको छ, अर्थात् ११ वटा स्थानमा १६ वटा केन्द्रहरु तोकिएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *