१ लाख १० हजार रुपैयाँमा अनलाइनबाट मगाएको ब्यागमा पैसा पनि अटाएन

डिसी नेपाल
२८ भदौ २०७८ १७:०५

काठमाडौं। एक महिलाले १ लाख १० हजार रुपैयाँ खर्च गरेर अनलाइनबाट ट्रेन्डी डिजाइनर मिनी ब्याग मगाइन् । तर, जब उनको घरमा ब्याग डेलीभरी भयो महिला ब्याग देखेर चकित परिन् । त्यो ब्याग यतिसम्म सानो थियो कि त्यसमा केही पनि राख्न मिल्दैनथ्यो । महिलाले त्यो ब्यागभित्र केही पनि अटाउन सकिरहेकी थिइनन् ।

क्लोए क्याल्भिना नामकी यी महिलाले यो ब्यागको भिडियो सामाजिक संजालमा शेयर गरेकी छिन् । उनको यो भिडियो देखेपछि टिकटक प्रयोगकर्ताहरु पनि अचम्ममा परेका छन् । उनको यो भिडियोलाई ५ लाखभन्दा धेरै पटक हेरिएको छ । द सनमा प्रकाशित रिपोर्टअनुसार भिडियो शेयर गर्दै महिलाले लेखेकी छिन् ‘त्यसो भए जब उनीहरु मिनी भन्छन् उनीहरुको वास्तवमा मतलत मिनी नै हुन्छ ।’ महिलाले यो ब्याग किन्नको लागि ६७५ पाउण्ड खर्च गरेको दावी गरेकी छिन् ।

महिलाका अनुसार उनले यो ब्याग स्पेनिश डिजाइनर ब्यालेन्सियागाबाट किनेकी हुन् । उनका अनुसार उनी सुरुमा यो ब्याग यसकारण किन्न चाहन्थिन् ताकि त्यसमा आफ्नो फोन, नगद पैसा आदि राख्न सकियोस् । तर उनी ब्यागको आकार देखेर निराश भएकी छिन् । उनले सामाजिक संजालमा लेखेकी छिन् ‘मलाई थाहा थिएन यसमा केवल मेरो आइडी फिट हुन्छ र यो मेरो फोनभन्दा पनि सानो छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *