प्रदेश २ सरकारमा नेकपा एस सहभागी हुँदै

डिसी नेपाल
२८ भदौ २०७८ २०:२२

काठमाडौं । प्रदेश नं. २ मा सरकारमा नेकपा (एकीकृत समाजवादी) पार्टी सहभागी हुने भएको छ । सोमबार बसेको नेकपा (एकीकृत समाजवादी)को प्रदेश संगठन कमिटीको बिशेष बैठकले प्रदेश सभासदस्य सत्रुधन महतोको सहभागितामा प्रदेश सरकारमा हुने निर्णय गरेको हो ।

पार्टीका प्रदेश अध्यक्ष धर्मनाथ साहको प्रमख आथित्यमा बसेको बिशेष बैठकले पार्टी निर्माणका सन्दर्भमा समेत छलफल गरेको छ । नेकपा एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सभासदस्य छन् । नेकपा एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी पार्टीमा १३ जना प्रदेश सांसदले सनाखत गरेपछि प्रदेश २ मा चौथो ठूलो दल बनेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *