ओमानलाई नेपालको सामान्य लक्ष्य, आशिफको ९० रन – Dcnepal

ओमानलाई नेपालको सामान्य लक्ष्य, आशिफको ९० रन

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले ओमानलाई १ सय ९७ रनको लक्ष्य दिएकोको छ ।

ओमानको अल अमिरात मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका आशिफ शेखले सर्वाधिक ९० रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाए भने रोहित पौडेलले २०, सोमपाल कामीले ७ , विनोद भण्डारीले ६ रन बनाए । यस्तै कुशल मल्लले ४ र ओपनर कुशल भुर्तेल शुन्य रनमा आउट भए ।

बिक्रम सोबले २ रनमात्र बनाउन सके । करन केसीले २१ रन बनाए । सुसन भारी २ रन बनाए । नेपालले ७ रन अतिरिक्त प्राप्त गरेको थियो

 

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो