पहिराेका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
काठमाडौं । पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो।
अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment