‘माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन’

डिसी नेपाल
३० भदौ २०७८ १६:२०
124
Shares

काठमाडौं। बुधबार रुपन्देहीका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेका नेता विष्णु पौडेलले चुनाव जित्न सरकारमा बस्नुपर्छ भन्ने मानसिकता एमालेको नभएको बताएका छन् ।

‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भने, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि जित्न सक्दैन ।’ पार्टी विभाजनमा कुनै सैद्धान्तिक वैचारिक कारण नभएको पौडेलको दावी छ । ‘२०७४ सालको एमाले विभाजन बरु सिद्धान्तमा आधारित थियो, महाकाली सन्धि लगायत राष्ट्रियताका मुद्दाहरु थिए’ पौडेलले भने, ‘तर अहिले कुनै एजेण्डाका आधारमा विभाजन भएको छैन ।’

‘चुनाव जित्नका लागि सरकारमा बस्नुपर्छ भन्ने भ्रम नेकपा एमालेलाई छैन ।हामी राज्यसत्ताको दुरुपयोग गरेर होइन, जनताको विश्वास जितेर चुनाव जित्ने ल्याकत राख्छौ’ पौडेलले भने, ‘जनताको मनमा घर बनाउँछौ, जनताको विश्वास जित्छौ र चुनाव जित्छौ ।’ उनले जनताकोमा जान एमालेसँग प्रशस्त मुद्दा र एजेण्डा रहेको समेत बताए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *