बैंकिङ् कसूर मुद्दाका फरार प्रतिवादीहरु असन र रुपन्देहीबाट पक्राउ

डिसी नेपाल
३० भदौ २०७८ १७:२४

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रवादी प्रकाश श्रेष्ठ र बिनम श्रेष्ठलाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १४ बल्खु बस्‍ने ४८ वर्षीय प्रकाश श्रेष्ठलाई रुपन्देहीबाट र काठमाडौं महानगरपालिका २९ असन बस्‍ने ३६ वर्षीय बिनम श्रेष्ठ लाई काठमाडौंको असनबाट पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी झुक्यानमा पारी बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकको चेक काटेर दिएका थिए । दुवैजनाले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर बैंक अफ काठमाण्डु र सिद्धार्थ बैकका बिभिन्न रकमका चेकहरु आआफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्‍यूरोले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *