प्रेस काउन्सिलको वार्षिकोत्सवमा ३५ पत्रकार पुरस्कृत

डिसी नेपाल
३० भदौ २०७८ २२:२८
40
Shares

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । काउन्सिलको वार्षिकोत्वसका अवसरमा विभिन्न विधामा ३५ पत्रकारलाई पुरस्कृत गर्ने भएको हो ।

‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार भरतदत्त कोइराला, ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्ने पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार बद्री विनोद खनाल, ‘प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार’ उज्ज्वल शर्मा तथा ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ विमल गौतम र दुर्गालाल केसीलाई प्रदान गर्ने भएको छ ।

‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ लक्की चौधरी, ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ माधव नेपाल, विन्दुकान्त घिमिरे, गोविन्दप्रसाद चौलागाईं, रामानन्द गुप्ता, वासुदेव शर्मा, सुशील अर्याल र रमेश ढुङ्गेल तथा ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ घनश्याम खड्का, उर्वशी बस्नेत न्यौपाने, एलपी देवकोटा, जीवन सेजुवाल, मेघराज खड्का, केसी लामिछाने, देवेन्द्र बस्नेत, देवचन्द्र भट्ट, चुडामणि लिम्बू, भगवती थापा, शिवकुमार रिजाल, रमेश खतिवडा, जगन्नाथ दुलाल र तीर्थ जैसीलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पुरुषोत्तम खनाल, ‘प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ जमुना वर्षा शर्मा, रुपा गहतराज र अञ्जु कार्की तथा ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रोहित राई, अनन्त अनुराग महतो र करन ताम्राकारलाई प्रदान गरिने काउन्सिलले जनाएको छ ।

यसैगरी कर्मचारीतर्फ ‘प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार’ महेन्द्रराज सिंह र कुशल अर्याल तथा ‘प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार’ मदनकृष्ण सिलवाल र राजन सिंहलाई प्रदान गर्ने निर्णय गरिएको काउन्सिलले जनाएको छ । ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’को राशी रु एक लाख ५१ हजार रहेको छ । ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार’ राशि रु एक लाख १० हजार रहेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *