संखुवासभा सामूहिक हत्या प्रकरण : मृतक रञ्जनाको मोबाइल भेटियो, आरोपी कार्कीका भाइ पक्राउ
काठमाडौं । संखुवासभाको हत्या प्रकरणमा नयाँ तथ्य फेला परेको छ। मृतक रञ्जनाको मोबाइल आरोपी कार्कीका भाइको हातबाट फेला पारेपछि प्रहरीले उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
लोकबहादुर कार्कीका भाई नरेश कार्की हत्याको प्रत्यक्षदर्शी रहेको थाहा भएको अनुसन्धानमा खटिएका एक अधिकृतले बताए। उनका अनुसार रञ्जनाको सुत्ने कोठामा गएर नरेशले मोबाइल लिएको आशंका गरिएको छ।
भदौ २१ मा उम्लिङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।
हत्यापछि सङ्खुवासभा पुगेका केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगम कुँवर, सङ्घीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहाल र सङ्खुवासभाका डिएसपी लालध्वज सुवेदी सहितको टिमले ५ दिनपछि लोकबहादुरलाई पक्रेर सार्वजनिक गरेका थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment