२५ किलो सालकको खपटासहित दुई जना पक्राउ

डिसी नेपाल
३१ भदौ २०७८ १८:१२

काठमाडौं । संरक्षित वन्यजन्तु सालकको खपटा सहित सोनाम तामाङ र ध्यानबहादुर तामाङ पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २५ किलो सालकको खपटासहित रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ का ३८ वर्षीय सोनाम तामाङ र ३२ वर्षीय ध्यानबहादुर तामाङलाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

मन्थली एरियाबाट संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा व्यूरो तथा जिल्ला प्रहरी कार्यालय, रामेछापबाट खटिएको संयुक्त प्रहरी टोलीले मन्थली नगरपालिका १ देवकोटा चोकबाट उनीहरुलाई पक्राउ गरेको हो ।

आवश्यक कानूनी कारवाहीका लागि डिभिजन वन कार्यालय रामेछापमा बुझाइएको सीआईबीले जनाएको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *