गुण्डा नाइके समीरमानका भतिज अभिमानसिंह बस्नेत पक्राउ

डिसी नेपाल
३१ भदौ २०७८ २१:१०

काठमाडौँ । गुण्डा नाइके समीरमानसिंह बस्नेतका भतिज अभिमानसिंह बस्नेत पक्राउ परेका छन् ।

नेपालगन्जका एक युवालाई खुकुरी प्रहार गरी घाइते बनाएको आरोपमा बस्नेत पक्राउ परेका हुन् । उनलाई अपराध महाशाखाको टोलीले काठमाडौको सोल्टीमोडबाट पक्राउ गरेको हो । उनले दुई हप्ताअगाडि कालिमाटीमा नेपालगञ्जका हेमराज शाहीमाथि खुकुरी प्रहार गरी घाईते बनाएका थिए । प्रहरीका अनुसार बस्नेतसहित ६ जनाको टोलीले हेमराज शाहीमाथि खुकुरी प्रहार गरेका थिए । शाहीमाथि खुकुरी प्रहार गर्नेमा चार जना युवती छन् । युवतीहरु भने पक्राउ परेका छैनन ।

समीरमान बस्नेत निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरद गौचन हत्या अभियोगमा कारागारमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *