‘डान्स च्याम्पियन’ शुभारम्भ

डिसी नेपाल
३१ भदौ २०७८ २२:३१

काठमाडौं । बिहिबारदेखि नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियन नियमित उत्पादन गरी कान्तिपुर टेलिभिजनमा प्रसारण गर्ने भएको छ ।

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस प्रा.ली.का लागि कार्तिक ११ गते मार्केटिङ कि एड्भर्टाइजिङले गर्ने भएको छ । द एभरेष्ट होटलमा भएको पत्रकार सम्मेलनमा कान्तिपुर टेलिभिजन र कि एड्भर्टाइजिङ बिच सम्झौता गर्दै कार्यक्रम शुभारम्भको घोषणा गरिएको हो । नेपाली नृत्य र कलाकारीतालाई अझै शिखरमा पुर्याउन डान्स च्याम्पियन मेगा–शो कान्तिपुर टेलिभिजनले नियमित प्रसारण गर्ने भएको छ ।

उक्त मेगा–शो प्रत्येक बिहिबार र शुक्रबार हप्ताको २ दिन बेलुकी ९ः०० बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण गरिने कार्यक्रम रहेको छ । डान्स च्याम्पियनका निर्णायकहरुमा नायिका निरुता सिंह, कोरियोग्राफर जगत रावल र डान्सर आस्मा विश्वकर्मा रहनु भएको छ । डान्स च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा उमेश राइ (फुलन्देकी आमा) रहनुभएको छ । कुल २५ लाख रुपैयाँ धनराशी पुरस्कार रहेको यस कार्यक्रम ३२ भागको हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *