झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै

डिसी नेपाल
१ असोज २०७८ ८:१७
152
Shares

झापा । जिल्लाकाे कमल गाउँपालिकामा ५०० शय्याको अस्पतालको निर्माण सुरु गरिएको छ। नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान थापाले जानकारी दिए। वडा नं ५, पाडाजुँगी चोकबाट पूर्व आदिवासी रङ्गशाला दक्षिण मूल राजमार्गसँगै जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी बुद्धिमान थापा, प्रताप कार्की र नसीम कार्कीले सो अस्पताल सञ्चालन गर्न लागेका हुन्।

एक वर्षभित्रमा अस्पताल सञ्चालनमा आउने जनाउँदै अस्पतालका अध्यक्ष थापाले भने, “प्रारम्भिक चरणमा १०० शय्याबाट सुरु हुन्छ, मापदण्डअनुसार विस्तार गरेर ५०० शय्यासम्म पु¥याउँछाैँ।” अस्पतालको भौतिक संरचना निर्माण र स्वास्थ्य उपकरणमा रू एक अर्बभन्दा बढी खर्च हुने जनाउँदै उनले भवन निर्माणको ठेक्का सम्झौता भइसकेको र कुमारी बैंकको वित्तीय सहयोगसमेत लिएर निर्माण सुरु गरिने बताए। थापाले स्वास्थ्य सेवा नागरिकको नैसर्गिक अधिकार भएको जनााउँदै भने, “झापाको यो मध्य भागमा सुविधासम्पन्न अस्पतालको आवश्यकता खड्किएर हामी यो अभियानमा जुटेका हौँ।”

अस्पतालबाट झापालगायत इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमसहित मोरङका नागरिक लाभान्वित हुने विश्वास गरिएको छ। रवि–चिसापानी सडकखण्ड सञ्चालनमा आएपछि पहाडी जिल्लाका नागरिकलाई दूरीका हिसाबले बिर्तामोड पुग्नुभन्दा नजिक हुने अध्यक्ष थापाको भनाइ छ। विपन्न र असहायलाई समेत सहजरूपमा उपचार गर्ने अस्पतालका रूपमा भृकुटी अस्पताललाई स्थापित गराउने लक्ष्य रहेको सुनाउँदै उनले उपचार गर्न नसक्ने विपन्न एवं असाहय वर्गका लागि सक्दो सहुलियत दिने सेवाभावले अस्पताल सञ्चालनमा ल्याउन लागिएको बताए।

अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ । स्वास्थ्य सेवा पाउनु नागरिकको नैसर्गिक अधिकार हो भन्ने कुरालाई मनन गर्दै स्थापना हुँदै गरेको यो अस्पताललाई पूर्वकै सबैभन्दा भरपर्दाे र ठूलो अस्पताल बनाउने आफूहरूको योजना रहेको अर्का सञ्चालक प्रताप कार्कीले बताए।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *