ग्रामीण परिवेशमा रमाइरहेका गायक अमृत

डिसी नेपाल
१ असोज २०७८ १३:०९

काठमाडौं। गाउँ घर तिर अहिले पनि पानी परेपछि मकै भुटेर खाने प्रचलन छ। भुटेको मकैले शरीरको तापक्रम सन्तुलित बनाउने र शक्ति प्राप्त हुने विश्वास रहेको छ। यो वर्ष निकै पानी पर्यो। धेरै वर्षात भएको कारण कतै धनजनको क्षती पनि भयो। राम्रो वर्षात भएकै कारण कृषि उत्पादन पनि राम्रो भएको कृषकहरु बताउँछन्।

असोज महिना लागेपनि देशको विभिन्न भूभागहरुमा वर्षात भइराखेको छ। वर्षात अनि असोजको समिश्रणले मौसम केही चिसो भएको पनि महसुस गर्न सकिन्छ। त्यसैले होला गायक अमृत गुरुङ्लाई पनि झरिमा मकै भुटेर खाने मुड आएको छ। उनले आफ्नो फेसबुकमा मकै खोसलिरहेको तस्बिर राख्दै झरि परेको दिन मकै भुट्ने मेसो भनेका छन्।

उनको विशेषता भनेको स्रोताको मन र मष्तिष्क छुने गित गाउने मात्र हैन। एकदमै प्रकृतीप्रेमी उनी कहिले गाईवस्तुको गोठमा निगुरो साग केलाइरहेका हुन्छन् त कहिले खेतीकिसानीमा रमाइरहेका हुन्छन् ।

प्राय खेती किसानमा रमाउन रुचाउने उनी प्राय खेतबारीमा गएर ऐसेलु खाइराखेको, हलो जोतिराखेको आदि तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै आएका छन्।लकडाउन भएयता गायक गुरुङले खेतमा मनमग्न भएर धान रोपिरहेको, गाउँको फापरको रोटी, भैसीको दुध खाएको तस्वीर सार्वजनिक गर्ने गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *