१२ हजार ३८५ परीक्षण गर्दा १ हजार ५५८ जनामा कोरोना संक्रमण

डिसी नेपाल
१ असोज २०७८ १६:१६

काठमाडौं । गत २४ घण्टामा नेपालमा १२ हजार ३८५ जनाको परीक्षण गर्दा १ हजार ५५८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३५१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ६६५ पीसीआर परीक्षण गर्दा १ हजार ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ७२० परीक्षण गर्दा ४७२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १० जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १२ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ४९७ जना रहेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *