‘लागूऔषध प्रयोग र ओसारपसार विश्वकै चुनौती’

डिसी नेपाल
१ असोज २०७८ १७:२४

काठमाडौं । आसरा सुधार केन्द्र रानीबारीको २५ औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लागूऔषधको अबैध ओसारपसार र प्रयोग विश्वकै साझा चुनौती भएको बताएका छन् ।

उनले लागूऔषध उत्पादन, खरिद बिक्री, सञ्चय, ओसारपसार र उपभोगको वृद्धि हुँदै जानुले समस्या बढाइरहेको उल्लेख गर्दै कुलतमा फसेका युवालाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताए ।

लागूऔषध दुव्र्यसनमा फसेका मानिसलाई नयाँ जीवन दिन केन्द्र सफल भएको उनले बताए। सो अवसरमा केन्द्रका परामर्शदाता तथा बाह्य प्रशिक्षक, आसरा सुधार केन्द्र पानवारी धरान र महिला आसरा सुधार केन्द्र तिलगङ्गालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

समारोहमा केन्द्रकी पूर्व अध्यक्ष सीमा अर्याल, पूर्व प्रहरी नायव महानिरीक्षक विमला थापा र केन्द्रकी पूर्व सचिव रम्भा लामालाई सम्मान गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *