पत्रकार र युवा उद्यमीमाथि निर्घात कुटपिट

डिसी नेपाल
१ असोज २०७८ २२:३९

काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गर्दै आएका पत्रकार विमल धामी र युवा उद्यमी सन्देश पाण्डेयमाथि आज निर्घात कुटपिट गरिएको छ । सामान्य विवादमा स्थानीयवासी सुरेश खत्रीको समूहले दुवै जनामाथि निर्घात कुटपिट गरेको हो ।

युवा उद्यमी पाण्डेयमाथि कुटपिट गरेर भाग्दै गरेका खत्रीको समूहलाई पत्रकार धामीले कुटपिटको कारण सोधपुछ गर्न खोज्दा कुटपिट गरेको बताइएको छ । युवा उद्यमी पाण्डेयको टाउकोसहित शरीरका विभिन्न भागमा चोट लागेको छ ।

कुटपिटबाट पत्रकार धामीको शरीरको भित्री भागमा चोट लागेको छ ।कुटपिटमा संलग्नमाथि कारवाहीको माग गर्दै पीडितद्वयले इलाका प्रहरी कार्यालय बेलडाँडीमा उजुरी दिएका छन् ।

इप्रका बेलडाँडीका प्रहरी निरीक्षक रवीन्द्र कठायतले कुटपिटमा सङ्लग्नको खोजी भइरहेको बताए । घटनाबारे छानबिन गरी दोषीलाई कारवाही गरिने उनले बताए । कुटपिटमा संलग्नमध्ये कोही पनि अहिलेसम्म पक्राउ परेका छैनन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *