नक्कली नेपाली नोटसहित दुई पक्राउ

डिसी नेपाल
२ असोज २०७८ १६:१२

काठमाडौं । महोत्तरीबाट २२ हजार नक्कली नेपाली नोटसहित पिन्टुकुमार राय र अर्का एक बालक पक्राउ परेका छन् ।

पसलमा कारोबार गरिरहेको अवस्थामा सोधपुछ गर्दा वी आर ३० भी ९४८७ नम्बरको स्कुटीमा नक्कली नोट फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

औरही बजारबाट भारत बिहार राज्यको मनपौर ग्राम पञ्चायत बस्ने २१ वर्षीय  राय र अर्का एक बालक पक्राउ परेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रदीप बस्यालले बताए ।

नक्कली नोटसहित पक्राउ परेका उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *