प्रचण्डको दावी ४ गते सरकार विस्तार हुने

डिसी नेपाल
२ असोज २०७८ १७:३०

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असोज ४ गते सरकार विस्तार हुने बताएका छन् ।

शनिबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले विभिन्न कारणले सरकार विस्तार हुन नसकेको तर, असोज ४ गते मन्त्रिमण्डल विस्तार हुने बताएका हुन् । सत्तारूढ गठबन्धन गणतन्त्र, संघीयता, संविधान र राष्ट्रका लागि बनेको भन्दै तत्काल नटुट्ने उनले दाबी गरे । “गठबन्धन बन्न नै नदिने षड्यन्त्र भएको थियो,” अध्यक्ष प्रचण्डले भने, “तर, अब तपाईंहरू ढुक्कसँग लेख्नुस्– गठबन्धन टुट्दैन ।

अगामी चुनावसँग यो गठबन्धन रहन्छ ।” संशोधन गर्ने शर्तमा संविधानमा हस्ताक्षर गरेको भन्दै उनले भने, ‘अहिलेको संविधान संशोधन हुनुपर्छ ।’ दाहालले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताएका छन् । एमसीसीकै कारण गठबन्धन नटुट्ने पनि उनले दाबी गरे ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *