६४ किलो गाँजा बरामद
फाइल फोटो
काठमाडौं । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुबा टोलबाट प्रहरीले ६४ किलो गाँजा बरामद गरेको छ।
सोही ठाउँ बस्ने कोठारी यादवको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भारदहबाट र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले शुक्रबार राति उनको घर तलासी गर्दा प्लाष्टिकको बोरा भित्र बरामद गरेको हो। हाल फरार यादवको प्रहरीले खोजी गरिरहेको छ।
सुनसरीको कोसी गाउँपालिका–७ स्थित कोशी नदीको किनारको झारीमा बेवारिसे अवस्थामा रहेको करिब ६० केजी अवैध लागूऔषध गाँजा शुक्रबार राति प्रहरीले बरामद गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment