लायन्स क्लब र रिलायन्सद्वारा ५० पिन्ट रगत संकलन

डिसी नेपाल
३ असोज २०७८ १२:१४

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्ट्रल र रिलायन्स फाईनान्सले संयुक्त रुपमा गरेको रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको छ । शनिबार भएको उक्त रक्तदान कार्यक्रममा ५० पिन्ट रगत संकलन भएको थियो ।

रक्तदान कार्यक्रममा विभिन्न अन्य क्लबहरुको पनि सहभागिता रहेको थियो । क्लबका अध्यक्ष रोशनकुमार श्रेष्ठका अनुसार हरेक ३–३ महिनामा रक्तदान कार्यक्रम आयोजना गरिने छ ।

कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य, रिलायन्स फाइनान्स कम्पनीका सिईओ अनिल श्रेष्ठ, अटो नेपालका एमडी भूषण कुमार श्रेष्ठ, लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *