सुटिङकै क्रममा हास्य कलाकार केसीको निधन
काठमाडौं । हास्य कलाकार रमेश केसीको निधन भएको छ। आइतबार बिहान एउटा भिडिओको छायांकन भइरहेका बेला उनको निधन भएको हो। उनको आइतबार नै पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले जानकारी दिए ।
‘हर्के हवलदारले बनाउन लागेको एउटा गीतको सुटिङका लागि उहाँ काभ्रेस्थली भन्ने ठाउँमा आफै मोटरसाइकल चलाएर पुग्नुभएको रहेछ । एकछिन बसेर विष्णु सापकोटा “हर्के”सँग बातचित पनि गर्नुभएछ । त्यसपछि सुटिङसेटमै बेहोस् हुनुभयो । अस्पताल लैजानुअघि नै उहाँको निधन भइसकेको रहेछ,’रवीन्द्रले भने ।
२००९ सालमा इमाडोल, ललितपुरमा जन्मेका केसी २०२८ सालदेखि अभिनयमा सक्रिय थिए। उनले करिब ४ दशकभन्दा लामो समयदेखि सक्रिय उनी स्टेज, रंगमञ्च, टेलिशृंखला र सिनेमामा सक्रिय थिए। उनी तीन दशक शिक्षण पेसामा समेत सक्रिय रहे।
“मट्टारे”को उपनामले चिनिने उनलाई एक जमानामा सबैभन्दा पातलो कलाकारका रुपमा समेत चिनिन्थ्यो। वि.सं. २००९ सालमा जन्मिएका कलाकार केसीका २ छोरा, ३ छोरी र श्रीमती छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment