कैलालीमा ६ जना कैदीको सजाय मिनाहा
काठमाडौं ।संविधान दिवसका अवसर पारेर कैलाली कारागारमा रहेका ६ जना कैदीको सजाय मिनाहा गरिएको छ।
कैलालीका ६ जना कैदीको सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीले जानकारी दिए। संविधान दिवसको अवसरमा देशभरमा ५३१ जना कैदीलाई थुनामुक्त गर्ने निर्णय गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा ५३१ जनाको कैद कट्टा गरी माफी मिनाहा गरेकी हुन्।
सोहीअनुसार कैलाली कारागारमा रहेका ६ जनाको कैद मिनाह गरिएको हो। कैलाली कारागारमा रहेका खेमा कुमारी अर्याल देवकोटा, चक्रबहादुर चौधरी, प्रेम सिंह साउँद, रामप्रसाद राना, कृष्ण कुमार चौधरी र कृष्ण शर्मा तिवारीको कैद सजाय मिनाहा भएको जिल्ला कारागार कैलालीका निमित्त जेलर बिरेन्द्र बहादुर बोहराले बताए। ५० प्रतिशत कैद भुक्तान गरेका ६ जनाको बाँकी कैद मिनाहा गरिएको उनले बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment