चीनबाट खोप आएपछि आजबाट पुनः कोरोना विरुद्धको खोप अभियान सुरु

डिसी नेपाल
४ असोज २०७८ ६:४०
420
Shares

काठमाडौं । सोमबार (आज)देखि पुनः कोरोना विरुद्धको खोप अभियान सुरु हुने भएको छ। चीनबाट ४४ लाख भेरोसेल खोप आएपछि खोप अभियान सुरु हुन थालेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजबाट केही जिल्लाहरुमा पहिलो मात्रा र काठमाडौंमा भेरोसेलको दोस्रोमात्रा खोप लगाइने छ। काठमाडौंमा पहिलोमात्रा लगाएका २ लाख ४० हजार नागरिकलाई दोस्रो मात्राको खोप दिइने छ।

सोमबारदेखि निरन्तर १९ दिनसम्म खोप अभियान चल्ने छ। अहिले खोप लगाएका सम्पूर्णलाई कात्तिकको ४ गतेदेखि दोस्रो मात्राको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार केही जिल्लामा १८ वर्ष माथिका सम्पूर्ण नागरिकलाई भेरोसेल खोप लगाइने छ। जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा, दार्चुला, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु र रसुवामा १८ वर्षमाथिका खोप लगाउन छुटेका सबै नागरिकलाई खोप दिइने मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछामका ४० वर्ष माथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ ।

मनाङ, मुस्ताङ र रुकुमपूर्व बाहेकका बाँकी जिल्लामा भने ३५ वर्षमाथिका खोप लगाउन बाँकी सबै नागरिक र १८ वर्षमाथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप दिइने छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *