अवरोधकाबीच प्रतिनिधिसभा बैठक जारी, पेलेरै जाने सरकारको तयारी
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमालेका सांसदहरूले नाराबाजी गरिरहेका छन्। उनीहरूको नाराबाजी चलिरहँदा सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन्।
एमाले सांसदको नाराबाजीबीच नै विनियोजन विधेयक पारित गर्ने गरी बैठकलाई सभामुख सापकोटाले अघि बढाइरहेका छन्। नेमकिपा सांसद प्रेस सुवालले विनियोजन विधेयक २०७८ अन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय एवं सचिवालय शीर्षकका खर्च रकममा उल्लिखित रकम घटाइयोस् भनी खर्च कटौतीका प्रस्ताव पेस गरेका छन्।
सुवालले सो प्रस्ताव प्रस्तुत गरिरहँदा पनि एमाले सांसदहरूको नाराबाजी चलिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment