विनियोजन विधेयक २०७८ पारित, सरकारले खर्च गर्ने बाटाे खुल्याे !

डिसी नेपाल
४ असोज २०७८ १२:०८

काठमाडौं । नेकपा एमालेको विरोधका बाबजुद् विनियोजन विधेयेक २०७८ प्रतिनिधिसभाको बहुमतले पारित गरेको छ। अर्थमन्त्री जनदर्न शर्माले पेस गरेको विनियोजन विधेयक प्रमुख प्रतिपक्षीको अवरोधका बाबजुद पनि पारित भएको हो।

सभामुखले पार्टी फुटाउन भूमिका खेलेको भन्दै नेकपा एमालेले गत भदौ २३ गतेदेखि सुरु भएको प्रतिनिधिसभाका बैठकहरुमा निरन्तर नाराबाजी गर्दै आएको छ।

आजको बैठक सुरु भएपछि बेलमा उभिएर नाराबाजी गरिरहेका प्रतिपक्षका सांसदको आवाजलाई अनसुना गरी सभामुख अग्निप्रसाद सापकोटाले संसदको कारबाही अगाडी बढाएका थिए।

संसदले विनियोजन विधेयक पास गरेसँगै अब सरकारलाई बजेट खर्च गर्ने बाटो खुला भयाे त ? सामान्यतः प्रतिनिधिसभाबाट पारित भएका विधेयक माथिल्लाे सदनबाट पनि पारित गर्नु पर्ने हुन्छ।

आज प्रतिनिधिसभामा गएकाे विधेय राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएपछिमात्र सरकारले खर्च गर्ने कानूनी बाटाे पाउने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *