ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटियो
सांकेतिक तस्बिर
काठमाडौं । पोखरा–३२ बडहरे घर भएकी ४८ वर्षीया मरियम गुरुङमाथि घाँस काट्न जाने क्रममा ढुङ्गा प्रहार गरी बेहोस बनाएर सुन लुटिएको छ ।
उनका श्रीमान् धनमान गुरुङका अनुसार घरबाट करिब एक सय मिटरको दुरीमा रहेको बारीमा घाँस काट्न गएकी मरियमको छातीमा ढुङ्गाले प्रहार गरी बेहोस बनाइएर उनले कानमा लगाएको एक तोलाको सुनको मुन्द्रा लुटिएको हो । ढुङ्गा प्रहारबाट बेहोस भएकी मरियमलाई स्थानीयले देखेपछि परिवारलाई खबर गरेका थिए । उनको अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यता, मरियमले लुटेराको हातमा चक्कु पनि देखेको बयान दिएको प्रहरीले जनाएको छ । उनले लुटेराले रातोमा सेतो धर्का भएको सर्ट लगाएको बताएकी छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डिएसपी सुवास हमालले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment