४० किलो चाँदीसहित रौतहटबाट एकजना पक्राउ
काठमाडौँ । रौतहटको गौरबाट प्रहरीले ४० किलो चाँदी सहित सर्लाहीको मलंगवा घर भएका ३५ वर्षीय विद्यानन्द माझीलाई पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतलाई रोकी चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट दुबै हातमा कालो रंगको झोला बोकी पश्चिम तर्फ आउँदै गरेका सोनारलाई चेक जाँच गर्दा दुबै झोलामा कार्टुन भित्र सिलबन्दी गरिएको सेतो रंगको प्लाष्टिक भित्र चाँदीका स–साना टुक्राहरु फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक विनोद घिमिरेले जानकारी दिए।
गौरस्थित नयाँ बसपार्कमा प्रहरीले चेकजाँच गर्दा उनको साथमा ४० केजी चाँदी फेला परेको थियो । सोको आजको मूल्य ३९ लाख ४४ हजार रहेको प्रहरीले जानकारी दिएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment