अफिसका महिला सहकर्मीलाई प्रेमिकाजस्तो सम्बोधन गरेर बोलाउँदा युवकको जागिर गयो

डिसी नेपाल
६ असोज २०७८ १२:०३

काठमाडौं। बेलायतका एक युवकलाई अफिसमा महिला सहकर्मीहरुलाई ‘लभ’, ‘हनी’, स्विटी जस्ता सम्बोधन गरेर बोलाउनु भारी परेको छ । कम्पनीले उनलाई जागिरबाट निकालिदिएको छ । उनले आफूलाई जागिरबाट निकालिदिएको विरोधमा अदालतमा अपिल गरेका थिए । केसको सुनुवाइको क्रममा न्यायाधीशले कम्पनीको निर्णयलाई सही ठहर गरेका छन् ।

डेलीस्टारको रिपोर्टअनुसार म्यान्चेस्टरमा माइक हार्टले नामका व्यक्तिले आफ्नो अफिसमा काम गर्ने महिला कर्मचारीहरुलाई यस्ता नामले बोलाउँथे । यही कारण कम्पनीले माइकलाई जागिरबाट निकालिदियो । यो कारवाही गर्नुअघि कैयौं महिला कर्मचारीहरुले कम्पनीमा माइकविरुद्ध गुनासो पनि गरेका थिए ।

कम्पनीले उनलाई महिला कर्मचारीहरुलाई यस्ता नामले बोलाउने गरेकोमा दोषी ठहर गरेर जागिरबाट निकालिदियो । तर, कम्पनीको फैसलाबाट असन्तुष्ट माइकले अदालतमा अपिल गरे । म्यान्चेस्टर अदालतमा यस विषयमा सुनुवाइ भयो । सुनुवाइपछि न्यायाधीश पलिन फिनेले कम्पनीको निर्णयलाई सही ठहर गरे ।

न्यायाधीशले सुनुवाइपछि फैसला सुनाउँदै कार्यालयमा महिला कर्मचारीलाई यस्ता सम्बोधन गर्नु उनीहरुको अपमान गर्नु भएको ठहर गरेका छन् । माइकले आफ्नो सफाइमा आफूले महिला कर्मचारीलाई मात्र नभए पुरुष सहकर्मीहरुलाई पनि यस्तै ‘पेट नेम’ले बोलाउने गरेको बताएका थिए । तर, अदालतले उनको दलीललाई अस्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *