ढलमा खसेर बालक बेपत्ता

डिसी नेपाल
६ असोज २०७८ १२:४५

काठमाडाैं । काठमाडौँको कपनमा ढलमा खसेर एक बालक बेपत्ता भएका छन्। बेपत्ता बालकको पहिचान खुल्न सकेको छैन।

बूढानीलकण्ठ नगरपालिका–१० र काठमाडौंँ महानगरपालिका–६ को सिमानामा रहेको तरकारी बजार नजिकैको ढलमा खसेर मङ्गलबार राति ति बालक बेपत्ता भएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक भगवती तिमल्सिनाले जानकारी दिइन्। स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन्। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *