१ हजार ४७८ जना सङ्क्रमित थप, १ हजार ६३० जना निकाे

डिसी नेपाल
६ असोज २०७८ १६:४२

काठमाडौं । गत २४ घण्टामा नेपालमा थप १ हजार ४७८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६३० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.९१ प्रतिशत रहेको छ ।

गएको २४ घण्टामा ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५२४ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *