२० वर्षमा १६ हजारभन्दा धेरैसँग रात बिताएकी पूर्व यौन व्यवसायी महिलाको अनुभव

डिसी नेपाल
७ असोज २०७८ १२:१४

काठमाडौं। २० वर्षसम्म यौन व्यवसायमा संलग्न रहेकी एक महिलाले आफ्नो कष्टदायक विगतको बारेमा खुलासा गरेकी छिन् । एश्ले क्लार्क हफम्यान नामकी यी महिलाले २० वर्षको अवधिमा आफूले भोगेका कैयौं अनुभवहरुबारे खुलासा गरेकी हुन् । आफ्ना विगतका दिनहरुबारे बताउँदै उनले सामाजिक संजालमा कैयौं भिडियोहरु अपलोड गरेकी छिन् । उनका केही भिडियोहरु निकै भाइरल पनि भएका छन् ।

द सनको एक रिपोर्टअनुसार एश्लेले आफू यौन व्यवसायको दलदलमा बाध्यतावश फसेको बताएकी छिन् । उनका अनुसार केही समय पहिले मात्र उनले यो व्यवसाय छोडेर अब सामान्य महिलाको जीवन बाँच्न थालेकी छिन् । एश्लेले आफ्नो भिडियोमार्फत ती महिलाहरुलाई पनि जागरुक गर्ने प्रयास गरिरहेकी छिन् जो बाध्यतावश यो दलदलमा फस्ने जोखिममा छन् । एश्लेले यो कामका कारण आफ्नो पूरै शरीरमा नकारात्मक असर परेको बताएकी छिन् ।

उनका अनुसार यस्तो काम गर्दा पोस्ट ट्रमेटिक स्ट्रेस डिसअर्डर जस्तो समस्या पनि हुन सक्छ । कैयौं पटक शरीरमाथि खराब व्यवहार पनि हुन्छ । एश्ले पहिले नशाको लतकोृ पनि शिकार थिइन् । तर, आफ्ना गल्तीहरुबाट सिकेर अब उनी आफूलाई असल बनाउनको लागि मेहनत गरिरहेकी छिन् । आफ्नो अतीतलाई सम्झिँदै एश्लेले आफूलाई रातमा निद्रा नलाग्ने गरेको बताइन् । उनीभित्र यौन चाहना नै समाप्त भएको थियो र उनलाई लाग्थ्यो कि उनी कसैलाई प्रेम गर्न सक्दिनन् ।

एश्लेका अनुसार यौनकर्मीका रुपमा उनले १६ हजार भन्दा धेरै पुरुषहरुसँग सम्बन्ध बनाइन् । तर, अब भने उनले यो पेसा छोडेकी छिन् र छिटै बिहे गर्दैछिन् । एश्लेका अनुसार उनी सुरुमै यो काम छोड्न चाहन्थिन् तर उनको अगाडि कैयौं बाध्यताहरु थिए । एश्लेका अनुसार हालै उनले आफ्ना हुनेवाला पतिसँग डराउँदै आफ्नो विगतबारे बताएकी थिइन् तर हुनेवाला पतिको प्रतिक्रिया देखेर उनी चकित परेकी थिइन् ।

एश्लेका अनुसार उनका हुनेवाला पतिलाई उनको विगतले कुनै असर पर्दैन । उनीहरु अब नयाँ जीवन सुरु गर्ने तयारीमा छन् । एश्लेले पनि अतीतको कामलाई पछाडि छोडिसकेकी छिन् र अहिले आफ्ना पार्टनरसँग खुसी छिन् । सामाजिक संजालमा धेरै मानिसहरुले एश्लेलाई हौसला दिइरहेका छन् र उनलाई नयाँ जीवनको लागि बधाइ दिइरहेका छन् । केहीले भने उनलाई लज्जित बनाउने पनि प्रयास गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *