थप १ हजार ४७६ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

डिसी नेपाल
८ असोज २०७८ १६:४६

काठमाडौं । गत २४ घण्टामा नेपालमा १५ हजार ६९० जनाको परीक्षण गर्दा १ हजार ४७६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५५० जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५७५ पीसीआर परीक्षण गर्दा १ हजार १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ११५ परीक्षण गर्दा ३७३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार २८७ जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *