१ हजार किलोको फर्सी

डिसी नेपाल
९ असोज २०७८ ९:३८

काठमाडौं। के तपाइँले १ हजार किलोको एउटै फर्सी देख्नुभएको छ ? तपाइँ सोच्दै हुनुहुन्छ होला कि एउटा फर्सी यति ठूलो कसरी हुन सक्छ ? तर, यो साँचौ हो । अमेरिकाको ओहायो राज्यको बर्नसभिलेमा १ हजार किलोको फर्सी फलेको छ र यसले सबैभन्दा ठूलो फर्सीको राज्यस्तरीय रेकर्ड तोडेको छ ।

५७ औं बर्नसभिले वार्षिक फर्सी महोत्सवको सुरुवात ओहायोमा यो विशाल फर्सीको साथमा भएको छ । डब्लुटिओभी नाइनको रिपोर्टेअनुसार डिलनवालेका जेफ थीलले फलाएको यो फर्सीले २१९५ पाउण्ड तौलका साथ नयाँ रेकर्ड बनाएको छ । उनले आफ्नो जीतको श्रेय आफ्ना एक साथीलाई दिए । उनका अनुसार उनलाई यो फर्सीको बीच उसले दिएका थिए उनको क्यान्सरका कारण मृत्यु भइसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *