थप ९५३ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

डिसी नेपाल
९ असोज २०७८ १६:१३

काठमाडौं । गत २४ घण्टामा नेपालमा १० हजार ५७९ जनाको परीक्षण गर्दा ९५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ३७१ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५० पीसीआर परीक्षण गर्दा ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ५२९ परीक्षण गर्दा १६३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा ६ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १९ हजार ७०० जना रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *