बिहे गरिसकेपछि थाहा भयो, श्रीमती त पोर्नस्टार रहिछन्

डिसी नेपाल
९ असोज २०७८ १६:५८

काठमाडौं। एक व्यक्तिको एकै नजरमा एक युवतीसँग माया बस्यो । उनहिरुको सम्बन्ध मित्रता, प्रेम हुँदै विवाहमा परिणत भयो । यद्यपि ती व्यक्ति त्यतिबेला झस्किए जब उनलाई थाहा भयो कि जुन युवतीसँग उनले बिहे गरेका थिए ती युवती त चर्चित पोर्नस्टार थिइन् । यो घटना बेलायतको हो । ३४ वर्षकी एमी क्रिस्टोफर्सले २६ वर्षका जोसुआ क्रिस्टी नामका युवकसँग बिहे गरेकी थिइन् । इफोर शोमा यी दुई आउनुभन्दा पहिल्यै एमीले कम बजेटको एक्स रेटेड फिल्ममा काम गरिसकेकी थिइन् ।

एमीले ‘ब्राण्डी ब्रेवर’ नाम प्रयोग गरेर कैयौं एडल्ट फिल्ममा कलाकारको रुपमा काम गरेकी थिइन् । उनको यस्तो एक्स रेटेड फिल्मको सुटिङ उनी २५ वर्षकी हुँदा नै भएको थियो । एमीको अतीतबारे थाहा भएपछि उनका पति जोसुआका एक मित्रले द सन वेबसाइटसँग भने ‘उनलाई यही हप्ता मात्र एमीको वृष्ठभूमिबारे थाहा भएको छ । उनी पहिले यो कुरा थाहा पाउनबाट चुके । अब उनको चिार ‘हामी सबैको एक अतीत हुन्छ’ भन्ने छ ।’

एमीकी एक मित्रले द सनसँग कुरा गर्दै भने ‘एमी एक पोर्नस्टार थिइन् र सधैं सोच्थिन् कि उनका एक्स रेटेड भूमिकाहरु जब सार्वजनिक हुनेछन् त्यसपछि के होला ? तर, अब यो सबै पछाडि छुटिसकेको छ ।’ उनले अगाडि भने ‘यो त्यस किसिमको कुरा होइन जसलाई तपाइँ आफ्नो नयाँ साथीसँग शेयर गर्नुहुन्छ । यस्तोमा उनका पतिलाई एक्लै छोडिदिनुस् ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *