एपेक्सले सङ्क्रमित विद्यार्थीलाई निःशुल्क लोक सेवा आयोगको तयारी कक्षा चलाउने

डिसी नेपाल
९ असोज २०७८ १७:१८
40
Shares

काठमाडौं । एपेक्स एजुकेसन एकडेमीले कोरोना भाइरस सङ्क्रमित विद्यार्थीलाई निःशुल्क रुपमा लोक सेवा आयोगको तयारी कक्षा पढाउने भएको छ ।

एकडेमीका अध्यक्ष हरि पौडेलले आज आयोजित पत्रकार सम्मेलनमा सङ्क्रमित विद्यार्थीले सङ्क्रमित भएको सक्कल प्रमाणपत्र लिएर आए निःशुल्क रुपमा छात्रवृत्ति उपलब्ध गराई भौतिक रुपमा उपस्थित हुने आयोगको तयारी कक्षामा सहभागी गराउने बताए ।

सरकारी वा निजी विद्यालयबाट कक्षा ११ वा तीन वर्षीय डिप्लोमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) उत्तीर्ण गरेका विद्यार्थीलाई इन्जिनियरिङका लागि पनि पूर्ण रुपमा निःशुल्कमा पढ्न पाउने भएका छन् । उनका अनुसार यसै शैक्षिक सत्रमा आयोगको तयारीका लागि प्रत्येक प्रदेशबाट सातजना गरी जम्मा ४९ जनालाई पूर्ण निःशुल्क छात्रवृत्ति प्रदान गरिने छ ।

यस्तै अन्य सम्पूर्ण अध्यापनरत विद्यार्थीलाई यही शैक्षिक सत्रका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको उनको भनाइ रहेको छ । एकडेमीले छात्रवृत्तिका लागि आगामी कात्तिक १० गतेभित्रमा अनलाइन फारम भर्न आग्रह गरेको छ । रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *