निरुताको अभिनयमा ‘माया गासेँ मुटुमा चोट दिन्छ’
काठमाडौं । निरुता शाहीको अभिनयमा रहेको ‘पिरतिको डोरी’ बजारमा आएको छ। निरुताले सिर्जन बरालको निर्देशनमा उक्त गीतमा अभिनय गरेकी हुन्।
लक्ष्मण थापा र इन्दिरा परियारले आवाज दिएको ‘माया गासेँ मुटुमा चोट दिन्छ’को अर्जुन पौडेलले शब्द लेखेका छन्। राज विश्वकर्माले संगित भरेको उक्त गीतमा निरुता शाही, अर्जुन गौतम, दिपक तिरुवा र पुजना घिमिरेले अभिनय गरेका छन्।
दिपक तिरुवाको युट्युव च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतमा माया लगाउने कुरामा शंका गरिएको छ। गीतमा भनिएको छ, ‘पिरतीको डोरी बाटे चुँडिन्छ, छिन्छ, माया गासेँ मुटुमा चोट दिन्छ।’
‘सुनेकी छु पिरतिका रुप अनेकौं हुन्छन्, धोका पाएँ भन्दै कति तड्पिएर रुन्छन्’ लक्ष्मण थापा र इन्दिरा परियारको आवाजले गीतलाई अझै मार्मिक र हृदयस्पर्सी बनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment