कपनको ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटियो

डिसी नेपाल
१० असोज २०७८ ११:०९
396
Shares

काठमाडौं। काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव ललितपुरमा फेला परेको छ।

गत मंगलबार कपनस्थित ढलमा खसेर बेपत्ता भएका उज्ज्वलको शव ललितपुरको महाङ्काल गाउँपालिकास्थित बागमती नदी किनारमा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले जानकारी दिइन्।

उनकाअनुसार स्थानीयले शनिबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। बज्राचार्यले बालकले कपन मावि लेखेको लुगा लगाएको र अनुहार चिन्न गाह्रो हुने खालको रहेको जानकारी दिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *