कंगनाले किन गरिन् नवाजुद्धिनको तारिफ ?
काठमाडौ। बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि विषयमा बोल्न, कसैको आलोचना गर्न तथा तारिफ गर्न अघि सरिहाल्छिन्। सधैंजसो चर्चामा छाइरहने कंगनाले पछिल्लो समय अभिनेता नवाजुद्धिन सिद्धिकीको तारिफ गर्दै एउटा पोस्ट गरिन्। अहिले भारतीय अनलाइनले उक्त कुराको चर्चा गरेका छन्।
कंगनाले नवाजुद्धिन इन्टरनेसनल एमी अवार्डमा ‘सिरियल म्यान’ फिल्मबाट उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुराको तारिफ गर्दै उनको फोटोसहित पोस्ट गरेकी हुन् । उनले आफ्नो पोस्टमा ‘बधाई छ सर, तपाई निश्चित रूपमा दुनियाँका उत्कृष्ट अभिनेतामध्येमा एक हुुनुहुन्छ,’ लेखेकी छन्।
नवाजुद्धिनले आफू एमी अवार्डमा उत्कृष्ट अभिनेताको मनोनयनमा परेको कुरा आफैंले सेयर गरेका थिए। उनले ‘सिरियस म्यान’ अवार्डमा नोमिनेसनमा परेकोमा फिल्मको टिम र निर्देशक सुधिर मिश्रालाई बधाई दिएका छन्। हाल ‘हिरोपन्थी–२’ को सुटिङका लागि लन्डनमा रहेका नवाजुद्धिनका आगामी फिल्ममा ‘जोगीरा सारा रा रा’, ‘नो ल्यान्डस् म्यान’ र ‘बोले चुडियां’ छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment